Please check out: https://kantipur.ekantipur.com/news/2017-01-03/20170103130425.html
Poor Nutrition: Women and Children at risk in Nepal Please check out: https://mypublichealthblog.com/?p=191कालिकोटमा ८२४ बालबालिका कुपोषित, ३०१ जनामा उच्च कुपोषण
In Kalikot, Nepal 824 children are in malnutrition and 301 are highly critical ..
Please check out: https://ujyaaloonline.com/news/66284/kalikot/
कुपोषणले किन ज्यान गुमाउनु पर्यो कालिकोट सिपखानाकी सुशिला योगीले
कालिकोट, ३० कार्तिक । शरीरमा हड्डि र छाला मात्र देखिन्छ ।घरमा खानेकुरा केहि छैन । गरिबीले सताएको छ । विहान साँझ घरको चुलोमा आगो बल्दैन । सिङ्गो कुपोषणको सिकार बन्दै कर्णाली अञ्चलको कालिकोट जिल्ला सिपखान गाविस वडा नं ६ निवासी जगनाथ योगी र आमा पार्वति योगी को १४ महिनाकि छोरी सुसिला योगीको सिघ्र कुपोषणका कारण ज्यान गुमाइन ।
Please check out: https://www.digitalsanchar.com/2016/11/कुपोषणले-किन-ज्यान-गुमाउ/
कालिकोटः जिल्लाको सिपखाना गाविस–६ की १४ महिने बालिका सुशीला योगीको कुपोषणका कारण मृत्यु भएको छ ।
लामो समयदेखि कुपोषणको सिकार भएकी पार्वती योगी र जगन्नाथ योगी छोरी सुशीलाको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा कात्तिक २६ गते बाटैमा मृत्यु भएको हो ।
बालिकालाई कडा खालको कुपोषणसँगै निमोनियाको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कौशल अलिले बताए ।
Please check out: https://np.karobardaily.com/कुपोषणका-कारण-१४-महिने-बालिकाको-मृत्यु#!
बालिकालाई कडा खालको कुपोषणसँगै निमोनियाको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कौशल अलीले बताए। ‘बालिकामा लामो समयदेखि कडा खालको कुपोषण रहेको पाइएको छ,’ उनले भने, ‘जिल्ला अस्पतालमा उपचारकालागि ल्याउँदै गर्दा उनको मृत्यु भएको हो।’
जिल्ला अस्पताल कालिकोटले शीघ्र तथा कडा कुपोषण भएका बालबालिकाकालागि विशेष उपचार कक्षको स्थापना भर्खरै संचालनमा ल्याएको छ। कुषोषणको उच्च जोखिममा रहेका बालबालिकालाई स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउन विशेष उपचार कक्षको ब्यवस्था गरिएको छ। कुपोषणलाई न्यूनिकरणमा ल्याउन विशेष उपचार कक्षको व्यवस्था गरिएको कुपोषित बालबालिका कालिकोटका उच्च दरमा रहेको यो विशेष उपचार कक्ष स्थापानाले त्यसमा न्युनीकरण आउने जिल्ला अस्पताल कालिकोटका प्रमुख कौशल अलीले बताए ।
सुजातालाई ५० लाख दिने सिंहदरबारले देखोस् ! यो कालिकोट हो, सुडान होइन
२९ कात्तिक, काठमाडौं । राजधानीमा करोडौं सम्पत्तिकी मालिक एवं राज्यसत्तामा पहुँच भएकी सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिइएको विषयमा तात्तातो बहस भइरहेको छ ।
संसददेखि सामाजिक सञ्जालसम्म यही विषयले प्राथमिकता पाइरहेको छ ।
तर, कालिकोटबाट एउटा यस्तो तस्वीर आयो, जसले ‘भल्चर एण्ड द लिटिल गर्ल’लाई सम्झाउँछ ।
Please check out: https://www.pranish.com.np/सुजातालाई-५०-लाख-दिने-सिं-2/
मुगुमा १३ सय बालबालिकामा कुपोषण
मुगुमा ३ महिनाको अवधिमा १ हजार ३ सय ११ जना बालबालिकाहरुको कुपोषण रहेको पाइएको छ। मुगुमा कडा शीघ्र कुपोषणका लागि एकिकृत व्यवस्थापन कार्यक्रम सञ्चालनमा आएपछि यो तथ्य बाहिर आएको हो। जिल्लाका सबै गाविसमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुको पोषणको स्थितिका बारेमा जानकारी लिइएको कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका जिल्ला मनिटर लोकबहादुर विश्वकर्माले जानकारी दिए। उनका अनुसार पोषणको स्थिति जाँच गरिएका बालबालिकामध्ये १ सय ५२ जना बालिका र ९७ जना बालकमा कडा खालको कुपोषण देखिएको हो। Please Check out: https://thahakhabar.com/news/5720
कुपोषणले थलिएको शिशुलाई गाउँमै झारफुक गर्दा सन्चो हुन्छ भन्ने अन्धविश्वासले जन्मेको एक महिनादेखि नौ महिनासम्म उनी गाउँमै रुमलिईन् ।
‘गाउँकाले तेरो बच्चालाई मसान लाग्यो । मान्छे जलाएको ठाउँबाट हड्डीले डामेपछि सन्चो हुन्छ भने त्यो पनि गरे । तर सन्चो भएन् ।’ सिताले भनिन्,–‘झारफुक र धामी कहाँ त कति लगे लगे, बच्चाको सुधार भएन् । अन्तत गाउँकै स्वास्थ्य चौकीको सिफारिमा मान्महुँदै सुर्खेत आए ।’
Please check out: https://paschimnepal.com/archives/358
Most of the villages of Nepal have victim of malnutrition children
आश्विन १८, २०७३- पोषण तत्त्वका बारेमा जानकारी नहुँदा डङ्ग्राहा ७ की सविता चौधरीकी साढे चार वर्षीया छोरी स्म्रिकामा कुपोषण देखापर्यो । पोषण तत्त्वयुक्त खानेकुरा समयमा नख्वाएकै कारण बच्चामा कुपोषण भएको उनले गाउँमै सञ्चालित पोषण शिक्षा तथा पुन:स्थापना केन्द्रमा पुगेपछि थाहा पाइन् ।
सवा चार बिघा जग्गा छ । पर्याप्त उब्जनीबाट जीविकोपार्जन सहज भए पनि पोषण तत्त्वका बारेमा जानकारी नहुँदा बच्चामा कुपोषण भएको उनले ठम्याइन् । ‘घरमा पाक्ने दाल, भात, तरकारी मात्रै ख्वाउँथें,’ सविताले भनिन्, ‘बच्चालाई त्यतिले मात्रै पुग्दो रहेनछ, पोषणयुक्त खानेकुरा समयमा ख्वाउनुपर्ने रहेछ ।’
Please check out: https://onlinekhabarblog.wordpress.com/2016/10/04/गाउँका-अधिकांश-बालबालिका/
टिभी अन्नपूर्ण ६ मंसिर, हुम्ला ।
कर्णालीमा कुपोषणले बालबालिलकाको अवस्था दयनीय बनाएको छ । कर्णाली अञ्चलका विभिन्न जिल्लाका बालबालिमा कडा खाले कुपोषणले जरा गाडेर बसेको छ । जसले गर्दा बालबालिको दयानीय अवस्था बनाएको छ ।
Please check out: https://tvannapurna.com/26165/
डडेल्धुरा, १९ कात्तिक । डडेल्धुरामा कुपोषण स्थिती जाँच सम्बन्धि कार्यक्रम जारी रहेकै अवस्थामा हाल सम्म एक सय बढी बालबालिकामा कडा खालको कुपोषण देखिएको छ । हालसम्म जिल्लामा दुई हजार एक सय २० जना बालबालिकामा ‘शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम’ मार्फत कुपोषण स्थिती जाँच गरिएकोमा एक सय ३५ जना बालबालिकामा कडा खालको कुपोषण भेटिएको हो । जाँच गरिएका बालबालिकाहरु मध्ये १३५ जनामा कडा खालको कुपोषण भेटिएकोमा १०५ जना अहिले उपचारमा रहेको ‘शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम’ सञ्चालनमा प्राविधिक सहयोग गरिरहेको आस्मान नामक संस्थाका जिल्ला संयोजक अनुपम रायले जानकारी दिनुभएको छ । कडा कुपोषण भई अस्पताल भर्ना भएका बालबालिकाहरुमा तौल बढेको पाईएको उहाँले जानकारी दिनु भयो
Please check out: https://nepalbharat.com/2016/11/3189/#sthash.WEl0CJoX.dpuf
भूकम्प, बाढी, ज्वालामुखी, आँधीबेहरीबाट बचेर जीवन सुचारू गर्ने व्यक्तिहरूलाई गास, बास र कपासको समस्या परिहाल्छ र विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूले यस्ता समस्यालाई नै निराकरण गर्न बढी तदारूकताका साथ काम गर्छन्।नेपालमा पनि भूकम्पपछि विशेष गरी शिशु र बालबालिकालाई कुपोषणले शारीरिक र मानसिक अस्वस्थताबाट बचाउनको लागि काम सुरू गरिहाल्नुपर्छ। नेपालमा पोषणयुक्त खानाको कमी छैन। कमी छ त केवल त्यस्ता खानेकुराहरुको महत्व जानेर, तिनको प्रयोगमा गर्नमा जोड दिने नीति।
Please check out: https://setopati.com/blog/28404/
नेपालमा अझै ४१ प्रतिशत बालबालिका कुपोषित
In Nepal 41% Children are in malnutrition
माघ ४ डडेल्धुरा - नेपालमा अझै पनि ४१ प्रतिशत बालबालिका कुपोषित रहेका छन । अहिलेको समयमा ग्रामिण भेगमा न्यून पोषण खाना र बिकसित स्थानहरुमा मोटोपनका कारण बालबालिकामा कुपोषण हुने गरेको सु–आहाराले गरेको एक अध्ययनले देखाएको छ । बहुक्षेत्रिय पोषण योजना अन्तर्गत डडेल्धुरामा सोमबार गरिएको जिल्ला स्तरिय अभिमूखिकरण गोष्ठिमा यस्तो जनाईएको हो । पाँच बर्ष मूनिका बालबालिमा हुने कुपोषण अन्तर्गत ४१ प्रतिशत पुड्का, २९ प्रतिशत तौल कम र ११ प्रतिशत बालबालिकामा ख्याउटेपनको अबस्था रहेको जनाईएको छ । जिल्ला विकास समितीको कार्यालय डडेल्धुरामा सरोकारवाला निकायहरु संग गरिएको गोष्ठिमा दीर्घ कुपोषण घटाउने तर्फ समग्र मूलुकलाई उन्मूख गराउने र मानव पूँजि र समग्र सामाजिक आर्थिक विकासमा कुपोषण बाधकको रुपमा नरहने सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम संञ्चालन गरिएको बताईएको छ ।
Please check out: https://www.radioamargadhi.org/newsDetails.php?nid=4860#sthash.Ql7uoLyQ.dpuf
नेपालमा ५ वर्ष मुनिका ६ लाख १६ हजार बालबालिका कुपोषण ग्रस्त
भद्रपुरमा बालबालिकामा कुपोषणको जोखिम देखिएको छ । खासगरी निम्नवर्गीय आदिवासी तथा सिमान्तकृत सन्थाल समुदायका बालबालिकामा कुपोषणको जोखिममा रहेको देखिएको हो ।
चन्द्रगढी स्वास्थ्यचौकीको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालय झापाको प्राविधिक सहयोगमा भद्रपुर–९ र १० को टोलका पाँच वर्षमुनिका बालबालिकाको तौल र उचाई परीक्षण गर्दा १५ प्रतिशतभन्दा बढी बालबालिका कुपोषणको उच्च जोखिम र ४० प्रतिशतभन्दा बढी बालबालिका कुपोषणको जोखिममा रहेको पाइएको स्वास्थ्य चौकी इञ्चार्ज लालबहादुर पन्तले जानकारी दिए ।
कुपोषण देखिएका बालबालिकालाई मेची अञ्चल अस्पतालको पोषण गृहमा रेफर गरिएको पन्तले बताए । ‘तर उनीहरु त्यहाँ पुग्छन् कि पुग्दैनन् भन्ने शंका छ’, पन्तले भने, ‘अधिकांश सन्थाल समुदायका अशिक्षित आमाहरु छन्, उनीहरुले पोषण गृहमा जानुपर्छ भन्ने क्षमता राख्छन् कि राख्दैनन् ।’
Please checkout : http://www.enayapatrika.com/2018/04/12/39993/